भेट्रान फुटबल: ४० वर्षमाथिको सेमीफाइनल समीकरण पुरा

पाेखरा | माघ २४, २०८०

भेट्रान फुटबल: ४० वर्षमाथिको सेमीफाइनल समीकरण पुरा

पोखरा:   पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगिताको ४० वर्ष माथि उमेर समूहको सेमीफाइनल समिकरण पुरा भएको छ । 


बगर भाइखलकको आयोजनामा पोखरा १ टुडिखेलमा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा बुधबार ४० वर्षमाथिको क्वाटरफाइनल तथा ५० वर्ष माथिको एक क्वाटर र प्रिक्वाटरफाइनल खेल सम्पन्न भएको छ । 


४० वर्षमाथिको पहिलो क्वाटरफाइनल खेलमा एक्स वारियरले आयोजक बगर भाइखलकलाई टाइब्रेकरमा ५–४ ले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेलमा १–० को अग्रता लिएको बगरले थप गरिएको अतिरिक्त तीन मिनेटमा गोल खाँदै १–१ को बराबरीमा पुगेको थियो । 


दोस्रो क्वाटरफाइनल खेलमा जोरपाटी काठमाडौंले हेटौडा भेट्रानलाई ३–० ले हराउँदै सेमीफाइनलको यात्रा तय गरेको छ । अब जोरपाटीले सेमीफाइनलमा एक्स वारियरको सामना गर्नेछ । 


तेस्रो क्वाटरफाइनल खेलमा नागस्वेती भेट्रानले थापा गाउँ भेट्रानलाई ३–२ ले पाखा लगाएको छ । अन्तिम क्वाटरफाइनल खेलमा ठमेलले चावहिल भेट्रानलाई ५–१ ले हराउँदै नागस्वेतीसँगको भेट पक्का गरेको हो ।


प्रतियोगितामा तीन विधाका खेलहरु भइरहेको छन् । ४० वर्ष उमेर समूहमाथि, ५० वर्ष उमेर समुह माथि र ६० वर्ष उमेर समूह माथिको खेल भइरहेको छ । बुधबार नै भएको ५० वर्षमाथिको प्रिक्वाटरफाइनलमा फ्रिडम धोलाहिटीले कुपण्डोल भेट्रानलाई ३–० ले पाखा लगाएको छ । सोही विधाको क्वाटरफाइनल खेलमा संगम भेट्रानले हेटौडा भेट्रानलाई ४–२ ले पाखा लगायो । भोलि तीन क्वाटरफाइनल खेल हुनेछन भने ४० वर्षमाथिको सेमीफाइनल खेल समेत हुनेछ । यस्तै ६० वर्षमाथिको सेमीफाइनल समेत भोलिनै हुने आयोजकले जानकारी दिएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्